-COVID-19:अमेरिकामा संक्रमितबाट मृत्यू दर ५१३७ स्वास्थ्य लाभ गर्नेहरु ८६७२

COVID-19:अमेरिकामा संक्रमितबाट मृत्यू दर ५१३७ स्वास्थ्य लाभ गर्नेहरु ८६७२

Hollywood Khabar April 01,2020 Comments

कृष्ण के सी/अमेरिका/४/२/२०

एप्रिल २, २०२० बिहान प्यासिफिक समय ७ बजे बिहान सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ५१३७ पुगेको छ। हाल अमेरिकामा मृत्यूदर भन्दा स्वास्थ्य लाभ गर्नेहरुको दर बढेको छ।

त्यसैगरी संक्रमित हुनेहरु २१६,७२२ जना पुगेको कुरा JHU ले दिएको रिपोर्टमा उल्लेख छ। उसो त धेरैजना स्वास्थ्य लाभ गर्दै घर फर्केका छन्। हालसम्म स्वास्थ्य लाभ भएका ८६७२ जना भनिएको छ। यो संख्या बढ्दै गएको छ। तर केहि राज्यहरुमा नयाँ संक्रमण हुने क्रम भने बढेको छ। हाल सम्म गरिएको स्टे एट होम अर्डर, सोसल डिस्ट्यान्सिङ जस्ता कुराले संक्रमण फलाट गर्न मद्धत पुगेको कुरा गभर्नर र उच्च स्थरिय टास्कफोर्सले समेत बताएका छन्।

विश्वमा भने संक्रमित ९५६,५८८, मृत्यू हुने ४८, ५८३ र स्वास्थ्य लाभ गर्नेहरु २०२,७२८ जना रहेको कुरा सोहि रिपोर्टमा उल्लेख छ। कोरोना संक्रमणको ब्यबस्थापनमा कोरिया, जर्मन र जापानको स्थिति सकारात्मक देखिएको कुरा समाचर माध्येमहरुले बताएका छन।