साङ्केतिक तस्बिर साभार वेब

कोरोना रोकथामको लागि स्थापित राहत कोषमा १५ करोड ३१ लाख जम्मा

Hollywood Khabar March 26,2020 Comments

१५ चैत्र काठमाडौं ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । साथै नाम नखुलेका तथा एक लाख रुपैयाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घ संस्थाबाट करिब २५ लाख रुपैयाँ जम्मा छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकम सहित उक्त कोषमा २० करोड रुपैयाँ आउने क्रममा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्दकुमार पौडेलले जानकारी दिए।

सरकारले गत आइतबार उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राज पत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन्।चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोष स्थापना गर्ने निर्णय गरेको थियो।कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एलसेल प्रा.लि.ले दस करोड रुपैयाँ, कृषि विकास बैङ्कले एक करोड २५ लाख रुपैयाँ, निर्माण व्यवसायी कोषले एक करोड रुपैयाँ, भाटभटेनी सुपरमार्केटले एक करोड रुपैयाँ, एनईबीएलले एक करोड, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले ५० लाख रुपैयाँ उक्त कोषमा जम्मा गरेका छन् ।