तस्बिर साभार वेब

ललितपुरमा कोरोना संक्रमित एक युवाको मृत्यु

Hollywood Khabar July 09,2020 Comments

२६ असार ललितपुर।ललितपुरमा कोरोना संक्रमण भएर उपचाररत एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ।काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण पुष्टि भएपछि असार २३ गते पाटन अस्पतालको कोभिड वार्डमा भर्ना भएकाउनको उपचारकै क्रममा पाटन अस्पतालमा शुक्रबार दिउसो ४:३० बजे मृत्यू भएको नेपाली सेनाको उच्च स्रोतले जनाएको छ ।

ती युवाको केहीबेरअघि पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले जानकारी दिए ।

युवाको शवको व्यवस्थापनमा आर्मीको टीम परिचालन गरिएको थियो । बिहीबार पनि कोरोना संक्रमित भएर मृत्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षिय युवाको पनि आजै विद्युतीय शव गृहमा जलाईएको सापकोटाले बताए ।