तस्बिर साभार वेब

कोरोना सङ्क्रमित थप एक व्यक्तिको निधन:कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

Hollywood Khabar May 20,2020 Comments

८ जेष्ठ, काठमाण्डौ | कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर चौधरीले सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो । गोरखापत्रसँग कुरा गर्दै उहाँले सङ्क्रमितको बिहान मृत्यु भएको र साँझ पाँच बजे घोषणा गरिने बताउनुभयो । यस्तै, प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पनि विज्ञप्ति मार्फत उहाँको आज विहान निधन भएको पुष्टि गरेको छ ।डा. चौधरीले स्थानीय सरकार, सरोकारवाला, सुरक्षाकर्मी लगायतकाे सल्लाह अनुसार शव व्यवस्थापन गर्ने कार्यविधि बमाेजिम मृतकको शव व्यवस्थापन गरिने पनि बताउनुभयो ।

उहाँको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुत्यु हुनेकाे सङ्ख्या तीन पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । जेठ १ गते अस्पतालमा भर्ना भएका ती व्यक्तिको २ गते स्वाब परीक्षणमा कोरोना सङ्क्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।