साङ्केतिक तस्बिर

कोरोना अपडेट:कोरोना ग्रस्त विश्वका दश अग्रस्थानका मुलुकहरु

Hollywood Khabar April 01,2020 Comments

२१ चैत्र काठमाडौं । कोरोनाले भयाभव विश्वको अवस्था झन नाजुक बन्दै गईरहेको छ भने १० लाखभन्दा बढी मानिसहरु भारईसबाट संक्रमित हुन पुगेका छन् ।१० लाख १४ ९४३ जना कुल संक्रमितमध्य पछिल्लो एकैदिन ७९ हजार ७४७ जनामा नयाँ संक्रमण देखिएको छ । यो अहिलेसम्मकै एकैदिन भेटिएको उच्च संक्रमण हो । यसैगरी २ लाख ४४ हजार ८८७ जना संक्रमितमध्य अमेरिकामा पछिल्लो दिनमात्रै २९ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितको संख्या अमेरिकामा भएपनि ज्यान जानेहरुको संख्या भने इटलीमा बढी छ । १ लाख १५ हजार २४२ संक्रमित मध्य १३ हजार ९१५ जनाले इटलीमा ज्यान गुमाइसकेका छन् ।

दोस्रो धेरै ज्यान गुमाउने मुलुकमा स्पेन पर्छ भने चौथौमा अमेरिका र पाँचौमा फ्रान्स छन् । अमेरिकामा ६ हजार ७० र फ्रन्समा ५ हजार ३८७ ले जिवन गुमाएका छन् ।

भाईरसको सुरुवात भएको मानिएको चीन करिब रोकथाम मात्रै गरेको छैन, चीनसँग अहिले संक्रमितको संख्या भारतको भन्दा कम अर्थात १ हजार ८६३ मात्रै छ । भारतमा संक्रमितको संख्या २ हजार ५४३ मध्ये २ हजार २८० जना अझै संक्रमित छन् ।

चीनको मृत्यूदर अहिले विश्वको छैटौं स्थानमा पुगेको छ । कुल संक्रमितको संख्या ८१ हजार ५८९ पुग्दा ३ हजार ३१८ जनाले ज्यान गुमाउन पुगे । चीनले ७६ हजार मानिसहरुलाई उपचार गरी निको बनायो ।