-तस्बिर साभार वेब

कोरोना भाइरसले चीनमा २५ को ज्यान गयो , १७७ गम्भीर

Hollywood Khabar January 22,2020 Comments

१० माघ, काठमाडौं ।चीनमा  कोरोना भाइरसबाट  २५ जनाको ज्यान गएको छ  भने१७७ जना गम्भीर बिरामी भएका छन्।कोरोना  भाइरसका कारण यसअघि १९ को मृत्यु भएको थियो ।कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।संक्रमणबाट जोगिन  चीनको संक्रमित क्षेत्रमा मास्क अनिवार्य गरिएको छ ।कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका चीनको नेसनल हेल्थ कमिसनले जनाएको छ।कोरोना भाइरसबाट ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।