-NRNA VP and President Candidate 2019 Mr. Kumar Pant

NRNA:सम्मेलन र क्षेत्रीय बैठकका घोषणाहरुको पुनरावलोकन गरिनेछ-उपाध्यक्ष पन्त

Hollywood Khabar September 06,2019 Comments

कृष्ण के सी/अमेरिका/९/७/१९

गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो कार्यकालमा सम्मेलन र क्षेत्रीय बैठकका घोषणाहरुको पुनरावलोकन गरिने कुरा बताएका छन्।

हाल सम्म थुप्रै सम्मेलन, अधिवेशन र क्षेत्रीय बैठक र क्षेत्रीय महिला भेला/बैठकहरु भएका छन्। अनि हरेक पटक बुंदै-बुंदाका घोषणाहरु भएका छन्। विगत १६ बर्षमा गरिएका घोषणाहरु जोड्दै जाने हो भने कति भएका होलान ? कति पुरा भए होलान र कति भएनन् होला। त्यसको कुनै लेखा-जोखा छ ? यस बिषयमा तपाइ अध्यक्षका लागि उम्मेद्वार हुँदै गर्दा के भन्नु हुन्छ ?

हलिउडखबरले उपाध्यक्ष पन्तसंग प्रश्न गरेको थियो। सोहि बिषयमा वर्तमान उपाध्यक्ष तथा अध्यक्षका आकांक्षी कुमार पन्तले दिएको जवाफलाइ यहाँ उल्लेख गरिएको छ।

तपाइले उठाएको यो बिषय एकदम सहि र सान्दर्भिक मात्र होइन हाल सम्म कसैले नउठाएको प्रश्न पनि हो। अबश्य पनि करिब डेढ दशकको यो अबधिमा गैरआवासीय नेपाली संघका थुप्रै सम्मेलन, अधिवेशन र क्षेत्रीय बैठकहरु भएका छन। अब विश्वो सम्मेलन नै ९ औं गर्दैछौ, इतिहास लामो भैसक्यो। यो अबधिमा हरेक सभा-सम्मेलन, अधिवेशन, क्षेत्रीय बैठकहरुबाट हामीले गैरआवासीय नेपाली संघ, नेपाल, स्थानिय सन्दर्भ अनि परिस्थिति अनुरुप थुप्रै घोषणाहरु गरेका छौं। म आफूलाइ मात्रै होइन वर्तमान नेतृत्वका हामी कसैलाई पनि ऐले नै ती सबैको संख्या कति छ, के के घोषणा गरियो, के के पुरा भए र के के पुरा भएनन् त्यो कुराको हेक्का छैन। रेकर्ड नै हेर्नु पर्ला।

तर कुरा कति घोषणाहरु गरियो भन्ने होइन, धेरै घोषणा गरेर गौरब मान्ने कुरा पनि होइन। कुरा के चाहिँ हो भने-गरिएका घोषणाहरुमा के के पुरा भए र कुन कुन पुरा भएनन्, तिनलाइ पुरा गर्न हाम्रो पहल के कस्तो रहन गयो भन्ने हो। यो अबधि सम्म यसपक्षमा हामी सबैबाट कमिकमजोरी भएकै हो। अगाडिका नेतृत्वले यसलाई ध्यान कम दिएको पक्कै हो। तर कमि भयो भन्दैमा पछुत्ताएर बस्नु पर्ने कुरा पनि छैन। अब यसलाई पुनरावलोकन गर्नुपर्ने बेला आएको छ।

बिगतमा यस्तो कहिल्यै गरिएन तर मेरो कार्यकालमा ति सबै कुराहरु माथि ध्यान दिने तयारी गरेको छु। अब तिनीहरुलाई घोषणा मात्र गर्ने होइन, घोषणाहरु बनाउँदा नै कसरी पुरा गर्ने हो त्यसको कार्यविधि, जिम्मेवारी र समय तालिका समेत घोषणाको समयमा नै उल्लेख गरिनेछ।

यति मात्र होइन ति घोषणाहरुको पुनरावलोकन गर्न महासचिवको नेतृत्वमा रहने नीति तथा कार्यविधि कमिटी नै छ र त्यसैबाट यसको थप रेखदेख हुनेछ। त्यो कमिटीले राइट ट्रयाकमा गए-नगएको कुरा प्रत्येक बैठक र समय सापेक्ष रुपमा रिपोर्ट गर्नेछ। अनि हामी आवश्यक परिमार्जन र निर्णय गर्नेछौं। यो कुरा आगामी घोषणाहरुको मात्र होइन विगतका घोषणाहरुको सवालमा पनि पुनर्मुल्याङ्गकन गर्दै तत्काल एक्टिभ गर्न आवश्यक बुँदाहरुलाइ कार्यन्वयनमा लगिनेछ, अनि तिनलाई पुरा गर्न तर्फ लागिनेछ, पन्तले जवाफ दिए।