संविधानको दोश्रो संशोधन विधेयक प्रतिनिधीसभामा प्रस्तुत

0
shares

by Soni Sharma | Updated: 31 May 2020

151 views
तस्बिर साभार वेब

१८ जेठ काठमाडौँ।नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ।कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा विधेयक प्रस्तुत गरेकी हुन्।गएको बुधबार सो प्रस्ताव प्रस्तुत हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुत भएको हो।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पिायधुरा, कुटी, गुञ्जी, नावी, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो।