-नयाँ वर्ष २०७८ को शुभकामना आदान-प्रदान, कनेक्टिकट चौतारीको विमोचन सम्पन्न

नयाँ वर्ष २०७८ को शुभकामना आदान-प्रदान, कनेक्टिकट चौतारीको विमोचन सम्पन्न

Hollywood Khabar May 12,2021 Comments

धन लामा, कनेक्टिकट, अमेरिका, मे १२, २०२१

अमेरिकाको कनेक्टिकट नेपाली समाज (नेकोन, USA) को वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको आठौं संस्करणको विमोचन कार्यक्रम सामाजिक दुरी कायम राख्दै स्थानीय वेस्ट हार्टफोर्डको वालकट पार्कमा अप्रिल १८, २०२१ मा भव्यरुपमा सम्पन्न भयो।

गत साल झैँ यसपटक पनि धन लामा प्रमुख सम्पादक रहनुभएको उक्त प्रकाशनलाई संस्थाका पदाधिकारी, सल्लाहकार, समाजका विभिन्न अग्रज एवं सामाजिक व्यक्तित्वहरुको प्रत्यक्ष उपस्थितिमा वेस्ट हार्टफोर्ड टाउनकी मेयर स्यारी जी क्यान्टर र राज्य प्रतिनिधि केट फरारले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो।

यस वर्ष पनि कोभिड -१९ तथा अन्य कारणहरुले गर्दा उपस्थिति अपेक्षाकृत नभएता पनि उल्लेखनीय भने अवश्य थियो ।कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष नारायण पौडेलको सभापतित्व, सचिव राजन तिम्सिनाको उद्घोषण र उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य दिनु भएको थियो भने प्रधान सम्पादक धन लामाले मुखपत्र प्रकाशनको सिलसिलामा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिएका थिए।

यस पटक पनि संस्थाको मुखपत्र कनेक्टिकट चौतारी डिजिटल फ्लिपबुक संस्कारणमा छापिएको कुरा मुखपत्रका प्रधान सम्पादक धन लामाले उपस्थित महानुभावहरुलाई जानकारी गराउनु भयो। कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार कृष्ण अधिकारी, भूतपूर्व अध्यक्षहरु र स्थानीय संघ संस्थाहरुका प्रतिनिधीहरुले पनि नयाँ वर्ष २०७८ सालको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए।

त्यसै दिनको बेलुका ६:३० देखि ८:३० सम्म संस्थाका सल्लाहकार रोमी योञ्जनको संयोजकत्वमा सम्पन्न जुम भर्चुअल साँस्कृतिक कार्यक्रममा अतिथी कलाकारहरु वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान र एक दर्जन भन्दा बढी स्थानीय कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा भर्चुअल रुपमा उल्लेख्य सहभागिता रहेको थियो । त्यस्तै गरि (नेकोन, USA) ले अप्रिल १६, शुक्रवारका दिन साँझ ६ बजे देखि ७ बजे सम्म डा. झरेन्द्र रिजालको नेतृत्वमा कोभिड-१९ र यसको भ्याक्सिनको सेरोफेरोमा रहेर एक स्वास्थ्य सचेना कार्यक्रम पनि भर्चुअल जुम मार्फत नै सम्पन्न गरेको थियो।

कनेक्टिकट चौतारी २०२१ को डिजिटल संस्करणको लागि त लको लिंकमा क्लिक गर्नु होला!

https://www.connecticutchautari.com/2021