-काँगेसले कार्यकर्तासँग घुष खाने र कम्युनिष्टले घुषखोर कार्यकर्ता जोगाउने

काँगेसले कार्यकर्तासँग घुष खाने र कम्युनिष्टले घुषखोर कार्यकर्ता जोगाउने

Hollywood Khabar December 11,2020 Comments

कृष्ण के सी, अमेरिका/११/११/२०

नेपाली राजनीतिमा हावी रहेका दुइ राजनैतिक पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीमा एउटै बिषयमा दुइ फरक प्रकृति छन्।

नेपाली काँग्रेसले आफ्नै कार्यकर्ताबाट पनि घुष लिएर काम गर्छ। चाहे त्यो स्थानीय तहको टिकेट वितरणमा होस या आफू सरकारमा बस्दा कुनै काम फत्ते गरिदिंदा होस। तर नेपाल कम्युनिष्ट पार्टीको भने फरक तरिका छ। उसले पाउने र हुने जति गुहु र गोबर सबै खान्छ, आफ्ना कार्यकर्ता जो कोहीलाई पनि सेटिङ्ग मिलाउन भन्छ। अनि कतै अप्ठेरो पर्यो भने जोगाइदिञ्छ।

यहाँनेर भन्नुपर्ने भएको छ, काँग्रेसले कार्यकर्ताबाट पिउन देखि मन्त्रीसम्म प्रजान्तान्त्रिक तरिकाले घुष खाने अनि कम्युनिष्टले पाएको जति सबै खाने गर्छन। यति मात्र होइन कम्युनिष्टले कार्यकर्ता या भ्रष्टलाइ जोगाउन शक्ति र सत्ता समेत दुरुपयोग गर्छन।