- नेपाली कांग्रेस

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन 

Hollywood Khabar January 20,2020 Comments

७ माघ,काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।मंगलबार कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा   दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुख पद आफैमा तटस्थ रहनु पर्नेभन्दै उम्मेदवारी नदिने निर्णय नगरेको  हो ।

मंगलबार कांग्रेसले सभामुखमा सचेतक पुष्पा भुसाललाई उम्मेदवार बनाउने चर्चा थियो।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल पुगेपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको भूमिका निर्वाह गरेकी थिइन् ।