तस्बिर वेब

कांग्रेसद्वारा पार्टीमा अन्तर्घात गरेका २५ जिल्लाका १८३ नेता कार्यकर्ता निष्कासित

Hollywood Khabar June 17,2019 Comments

४ असार काठमाण्डौं।नेपाली कांग्रेसको अनुशासन समितिले स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेद्वार दिने र तिनका प्रस्तावक तथा सर्मथकलाई साधरण सदस्यतासमेत नरहने गरी हटाएको छ।चुनावमा अन्तर्घात गरेका आरोपमा २५ जिल्लाका १८३ जनालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको हो। २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचन सम्पन्न भएको थियो।कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएकाले पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो।

पार्टीबाट निष्कासित हुने नेता तथा कार्यकर्तामा सबैभन्दा बढी तराई-मधेसका जिल्लाका छन्।जसमा पर्साबाट ३२, दाङ र रुपन्देहीबाट २२-२२, बाँकेबाट ११, चितवनबाट १३, धनुषाबाट १०, झापाबाट ७ जना छन् । यस्तै, कम निष्कासन हुनेमा संखुवासभा, रसुवा, पाँचथर, मोरङ, नवलपरासी, कास्की रहेका छन् । यी जिल्लाबाट एक-एक जना मात्र निष्कासित भएका छन् । इलामबाट ४, कैलाली, रौतहट र सिराहाबाट २-२, कपिलवस्तु, सुनसरी र बाराबाट ३-३, पाल्पा ४, सुनसरी ३, लम्जुङबाट ५ जना निष्कासनमा परेका छन्।काठमाडौंबाट १५, ललितपुरबाट ९ र ओखलढुंगाबाट ८ जना निष्कासनमा परेका छन्।