तस्बिर साभार वेब

काँग्रेसमा बैठकमा एजेन्डा उपर छलफल नै नभई पारित

Hollywood Khabar August 19,2019 Comments

४ भाद्र काठमाडौं।कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश भएका कतिपय एजेण्डा छलफल नै नभई पारित भएका छन्।गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए।बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।

काँग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो । बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन।ती मध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् ।

असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो ।