वडा कार्यालयहरुको कम्प्युटर चोर्ने पक्राउ 

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

84 views
-तस्बिर: सुदर्शन रन्जित

२९ साउन, काठमाडौं ।पोखराका विभिन्न वडा कार्यालयहरुमा श्रृखलाबद्ध तरिकाले कम्प्युटर चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन्। प्रहरीले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा कम्प्युटर चोर्दै आएका काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापालाइ पक्राउ गरेको छ।

थापा संगै  काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका चोरीको कम्प्युटर मात्र किनबेच गर्दैआएका रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ।थापा यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।