लकेन लामा
सदस्य सचिव
उत्तर अमेरिका तामाङ सम्मेलन तदर्थ समिति
१. प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन आयोजना हुन लाग्दा कस्तो अनुभव भइरहेको छ ?
उत्तर अमेरिकामा यतिको ठुलो संगठन बनाउन लाग्दा सबैतिरबाट हामीलाई पाएको साथ र सहयोगले निकै सुखद अनुभुति र ऐतिहासिक सम्मेलन हुने अपेक्षा राखेका छौ। अमेरिकाभरको तामाङको सहयोग र यो उत्साहले भविष्यमा गर्ने हरेक योजनाहरु सजिलै सफल हुन्छ भन्ने विश्वास लिएको छु ।
२. सम्मेलन तोकिएकै मितिमा किन हुन नसकेको ?
बास्तवमा हामीले सम्मेलन तोकेकै मितिमा गर्न नसकेर दुई पटक सारेकै हो । पछि सार्नुको कारण सवैलाई समेट्न नसकिएकोले हो । हाम्रो उद्देश्य भनेको जहाँ जहाँ तामाङको जनघनत्व छ त्यहाबाट सबैलाई प्रतिनिधित्व गराउने भन्ने थियो त्यही अनुसार त्यतिखेर भने जस्तो सबैलाई समेट्न सकेको थिएन । अहिले सबैलाई समेटेर संस्थालाई फाइदा पुगेको छ।
३. सम्मेलनमा सहभागिता कस्तो होला ?
यो सम्मेलनमा हामीले एक संस्थाबाट १० जना प्रतिनिधि आउन पाउने व्यवस्था गरेका छौ। संस्थागत रुपमा अमेरिकामा भएको तामाङको सबै संस्थालाई सहभागी गराउने भएकोले सोचेभन्दा बढी सहभागिता होला भन्ने आशा गरेका छौ ।
४. प्रतिनिधिका लागि केकस्ता व्यवस्था छन् ?
तदर्थ समितिमा रहेकोलाई प्रति व्यक्ति २ सय डलर र बाहिरबाट आउने प्रतिनिधिहरुलाई १ सय डलर शुल्क राखेका छौ । यो शुल्कले दुई दिनको खानाको व्यवस्था र ६० डलर पर्ने डम्फु साँझको टिकट पनि निशुल्क दिने व्यवस्था गरेका छौ ।
५. कठिनाइ कतिको भइरहेको छ ?
ठुलो राज्य भएकोले फरक समयको कारणले कतिपय प्रतिनिधि संस्थाहरुलाई सम्पर्क गर्न अप्ठयारो भएकै हो । तैपनि तदर्थ समितिमा रहेका सबैले स्वतस्फुर्त रुपमा लागीरहेकोले खासै कठिनाइ भएको छैन ।
६. सम्मेलनमा कस्ता व्यक्तित्वको सहाभागीता होला जस्तो छ ?
तामाङ समुदायको भाषा संस्कृतिको क्षेत्रमा लामो समयदेखि अध्ययन गर्दै आएका तामाङ विद्हरु अमृत योञ्जन र तामाङको इतिहासको बारेमा डा मुक्तासिंह लामा सम्मेलनमा सहाभागी हुने सम्भावना रहेको छ ।
७. सम्मेलनको लागि खर्चहरु कसरी जुटाउनु भएको छ ?
सम्मेलनका लागि आर्थिक कमिटि बनेको छ । म आफ्नै संयोजकत्वमा बनेको आर्थिक समितिले अमेरिकामा रहेका तामाङहरुबाट आर्थिक सहयोग संकलन भइरहेको छ र हरेक राज्यबाट राम्रो साथ सहयोग पनि जुटिरहेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...