नेपालका प्रधानसेनापति तथा भारतीय स्थल सेनाका मानार्थ महारथी थापा

नेपालका प्रधानसेनापति तथा भारतीय स्थल सेनाका मानार्थ महारथी थापा स्वदेश फिर्ता

Hollywood Khabar January 15,2019 Comments

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा २०७५ पौष २७ गतेबाट भारत भ्रमणमा हुनुहुन्थ्यो। आफ्नो ६ दिने भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा २०७५ माघ ०२ गते अपरान्ह स्वदेश फिर्ता हुनु भएको छ।

प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो। सो अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा उहाँको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

नेपाल सरकारको निर्णय बमोजिम भारत भ्रमणको क्रममा २०७५ पौष २८ गते प्रधानसेनापति महारथी थापालाई भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary Rank of General of the Indian Army) दर्जा प्रदान गर्नु भएको थियो।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित South-Western Command र लखनऊस्थित Central Command को मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गर्नु भएको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको छ। यसबाट आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास नेपाली सेनाले लिएको कुरा बिज्ञप्तिमा उल्लेख छ।