साङ्केतिक तस्बिर ;साभार वेब

कोट र टाइ नलगाएको निहुँमा प्रधानाध्यापकले शिक्षक कुटे

Hollywood Khabar July 14,2019 Comments

३१ असार भोजपुर।भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले कुटपिट गरेका छन्।गएको आइतबार विद्यालयमा टाइ र कोट नलगाएको निहुँमा विद्यालयका प्रधानाध्यापक रमेश आलेले कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताउनु भयो।

आइतबार खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाएको खबर आयो।त्यसपछि म प्रधानाध्यापक को कोठामा गएँ।उहाँले मलाई खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो।म कसैको गाली खान आएको हैन मलाई खलासी नभन्नुहोस् भन्दा उहाँले मलाई कार्यालय बाहिर ल्याएर कुटपिट गर्नुभयो।’

यो भन्दा अघि पनि पटक–पटक विभिन्न बहानामा प्रधानाध्यापकले धम्की दिने गरेको बताउनुभयो।अधिकारीले आफूलाई गालामा र ढाडमा कुटपिट गरेको बताउनुभयो।अधिकारीले न्यायका लागि शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जीफन्टलाई बोधार्थ मार्फत लिखित निवेदन दिनुभएको छ।

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका –१ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि यो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आउनु भएको थियो।आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको अधिकारीले बताउनु भयो।उहाँले विद्यालयले आफ्नो एक महिनाको पारिश्रमिक नै नदिई विद्यालयबाट निकालिएको बताउनु भयो।