Nepal Army COAS Purna Chandra Ghapa-Picture from Nepal Army

प्रधानसेनापति महारथी थापाद्वारा बाहिनी र गणहरुको निरीक्षण भ्रमण

Hollywood Khabar September 10,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७५ भाद्र २६ गते धनकुटा जिल्लास्थित श्री नंं. २ बाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भए पश्चात प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

साथै, उहा आज श्री पूर्वी पृतना हे.क्वा. ईटहरीमा मुकाम रहनु हुने र भोली मिति २०७५ भाद्र २७ गते अन्य युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौं फिर्ता हुनुहुने कुरा नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ।