कृष्ण के सी/अमेरिका
नेपालका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र चिनियाँ महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ।
जङ्गी अड्डाका अनुसार २०७५ भाद्र २९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासाग काठमाण्डौस्थित चिनियाँ राजदुतावासका महामहिम राजदुत H.E. Ms Yu Hong ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत H.E. Ms Yu Hong ले नवनियुक्त प्रधानसेनापति महारथी थापालाई बधाई दिनुका साथै उहाहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको समेत प्रेस बक्तब्यमा जनाइएको छ।