प्रधानसेनापति थापाबाट सेना प्राड सहायक रथी रत्न प्रकाश थापालाई प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

0
shares

by KRISHNA KC | Updated: 12 Apr 2019

125 views
-प्रधानसेनापति थापाबाट सेना प्राड सहायक रथी रत्न प्रकाश थापालाई प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ चैत्र २५ गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड सहायक रथी रत्न प्रकाश थापालाई २०७५ चैत्र २९ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै, प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राड उपरथी रत्न प्रकाश थापालाई सोही विवाकको जिम्मेवारी दिईएको छ । उक्त दर्ज्यानी चिन्ह प्रदानको कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।