प्रधानसेनापति थापा र अमेरिकी र जर्मनी महामहिम राजदुतहरु बीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति थापा: अमेरिकी र जर्मनी महामहिम राजदुतहरु बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar November 01,2018 Comments

नेपालका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग अमेरिकी र जर्मनी महामाहित राजदूतहरुबीच भेटघाट भएको छ।

२०७५ कार्तिक १६ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित अमेरिकी राजदुतावासका महामहिम राजदुत H.E. Randy W. Berry र जर्मनी राजदुतावासका महामहिम राजदुत H.E. Roland Schafer ले जङ्गी अड्डामा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नु भएको हो।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुतहरु बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौंले बिज्ञप्ति मार्फत जनाएको छ।