प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

Hollywood Khabar February 07,2019 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ माघ २५ गते त्रिशुलीस्थित नं.१ तालिम गण र लम्जुङस्थित श्रीजंग गणको निरीक्षण भ्रमण गर्नु भएको छ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो।

साथै, उहाँ आज लम्जुङस्थित श्रीजंग गणमा नै मुकाम रही २०७५ माघ २६ गते काठमाण्डौं फिर्ता हुनुहुने कार्यक्रम रहेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले विज्ञप्तिमा उल्लेख गरेको छ।