प्रधानसेनापति थापा र फ्रान्सेली महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar September 30,2018 Comments

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग फ्रान्सका महामहिम राजदुत Mr. Francois Xavier LEGER ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

२०७५ असोज १५ गते भएको उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Leger ले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

साथै आजै प्रधानसेनापति थापा र टर्कीका अवैतनिक वाणिज्य दूत प्रोफेसर Ms. Fatma Gunseli Malcok बीच समेत भेटवार्ता भएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको बिज्ञप्तिमा उल्लेख छ।