प्रधानसेनापति थापाद्वारा नं.२३ बाहिनी अड्डाको निरीक्षण

प्रधानसेनापति थापाद्वारा नं.२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न

Hollywood Khabar December 13,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ मंसिर २८ गते बाग्लुङस्थित नं.२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ।

​​निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो।

निरीक्षण भ्रमणको सिलसिलामा उहाँ २०७५ मंसिर २७ गते पश्चिम पृतना हेड क्वाटर पोखरातर्फ प्रस्थान गर्नु भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।