प्रधानसेनापति थापा र साउदी अरवका महामहिम राजदूत

प्रधानसेनापति थापा र साउदी अरवका महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar January 24,2019 Comments

नेपालका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित साउदी अरव राजदूतावासका महामहिम राजदूत Mr. Musail Bin Sulaiman Al Marwany ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

२०७५ माघ ११ गते भएको उक्त भेटवार्ताका क्रममा महामहिम राजदूत Mr. Musail Bin Sulaiman Al Marwany र प्रधानसेनापति थापाबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ।