-प्रधानसेनापति महारथी थापा र स्विट्जरल्याण्डका महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति थापा र स्विट्जरल्याण्डका महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar October 14,2018 Comments

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र स्विट्जरल्याण्डका महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता भएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

२०७५ असोज २९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित स्विट्जरल्याण्ड राजदुतावासका महामहिम राजदुत HE Ms. Elisabeth Von Capeller Oswasd ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदुत HE Ms. Elisabeth Von बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ।