-प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा

प्रधानसेनापति थापाद्वारा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट दीक्षितहरुलाई शुभकामना तथा बधाई ज्ञापन

Hollywood Khabar March 21,2019 Comments

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौं, नेपाल

प्रेस विज्ञप्ति नं:- ११२

मिति:- २०७५ चैत्र ०८ गते

समय:- १८५० बजे

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयबाट एमविविएस दोस्रो ब्याच अध्ययन पुरा गर्नु भएका ७५ जना चिकित्सकहरुलाई मिति २०७५ चैत्र ०८ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक विशेष समारोहमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

संवोधनको क्रममा प्रधानसेनापति श्री थापाले करिब पाँच वर्षको लामो अध्ययन अवधि पुरा गरि प्रथम पटकमा नै शतप्रतिशत नतिजा हासिल गरि नेपाल मेडिकल काउन्सिलको लाईसेन्स प्राप्त गरी चिकित्सक जस्तो सम्मानित पेशामा आबद्ध हुन सफल हुनु भएका ७५ जना चिकित्सकहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो। सोही क्रममा प्रधान सेनापति श्री थापाले उक्त संस्थानका प्राध्यापकहरुको अथक प्रयासबाट नै संस्थानले प्रशंसनीय नतिजा प्राप्त गर्न सफल भएको बिचार समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका वहालवाला रथीबृन्द, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापकहरु, वीरेन्द्र अस्पतालको क्लिनिकल तथा बेशिक साईन्स फ्याकल्टीका शिक्षकहरु, नेपाली सेनाका अधिकृतहरु र परिवारजनहरुको उपस्थिति रहेको थियो ।