प्रधानसेनापति थापा र दक्षिण कोरियाका महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar September 25,2018 Comments

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र दक्षिण कोरियाली राजदूत Park Young Sik बीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले एक प्रेस बिज्ञप्ति जारि गर्दै २०७५ असोज १० गते नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग दक्षिण कोरियाली राजदुतावासका महामहिम राजदूत Mr. Park Young Sik ले शिष्टाचार भेटवार्ता गरेको कुरा जानकारी दिएको छ।

जङ्गी अड्डामा भएको उक्त भेटवार्ताका क्रममा महामहिम राजदूत Mr. Sik ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताएको छ।