प्रधानसेनापति र अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar February 24,2019 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका Deputy Assistant Secretary of Defense (DASD) Mr. Joseph Felter ले जङ्गी अड्डामा २०७५ फाल्गुन १३ गते शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र Mr. Felter बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

सोही क्रममा Mr. Felter ले शान्ति सेनामा नेपाली सेनाले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने र नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने बताउनु भएको थियो।