प्रधानसेनापति थापाद्वारा सुदूर पश्चिमका बाहिनी, गण, गुल्म, शिक्षालयको निरीक्षण

0
shares

by KRISHNA KC | Updated: 13 Mar 2019

53 views
-प्रधानसेनापति थापाद्वारा सुदूर पश्चिमका बाहिनी, गण, गुल्म, शिक्षालयको निरीक्षण

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ फाल्गुन २७ गतेदेखि २९ गतेसम्म सुदूर पश्चिम पृतना हेडक्वाटर अन्तर्गतका बाहिनी, गण, गुल्म तथा शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी, गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।