-क्यानडाको संसद भवनमा नेपालीले नेपाल डे मनाए, नेपाल भ्रमण गर्न निम्तो दिए

क्यानडाको संसद भवनमा नेपालीले नेपाल डे मनाए, नेपाल भ्रमण गर्न निम्तो दिए

Hollywood Khabar September 19,2019 Comments

एनआरएनए एनसीसी क्यानाडाबाट प्राप्त/९/२०/१९

नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले नेपाल डे मनाएका छन् ।

नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले नेपाल डे मनाएका छन् । टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तिय संसद भवनमा नेपाल डे मनाइएको हो।

क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदिय दलको सभाहलमा आयोजित विशेष कार्यक्रममा स्थानिय सांसद तथा विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जोड दिए।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरेका थिए।

यस्तै क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा तुल्सी धरेल लगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारि गराएका थिए।

कन्जरभेटिभ पार्टीका सांसद दिपक आनन्दले सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक भ्रमण गर्न सवैलाई आग्रह गरे। आफू नेपाली समुदायसंग धेरै घुल मिल भएकाले पनि नेपालका विषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए एनसीसी क्यानडाका महासचिव पिताम्वर भट्टराईले कार्यक्रम संचालन गरेका थिए। ब्राम्टन मिसिसागा क्षेत्रका सांसद दिपक आनन्दले नै नेपाल डे मनाउनका लागि सबै किसिमको प्रवन्ध मिलाइदिएको कुरा एनआरएनए एनसीसी क्यानाडाका मिडिया कोअर्डिनेटर बद्री तिमल्सिनाले बताए।