-नेपाली कांग्रेस

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने   

Hollywood Khabar September 21,2019 Comments

५ असोज,काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने भएको छ।बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानल तथा  ‘हिमाल, पहाड, तराई नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बैठकले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ ।