-चितवन मेडिकल कलेज

आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति 

Hollywood Khabar September 20,2019 Comments

५साउन,चितवन।सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति भएको छ।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा शनिबार कलेज व्यवस्थापक, विद्यार्थी, अभिभावबीच पाँच बुँदे सहमति भएको हो। दुबै पक्षबीच सरकारले तोकेको शूल्क कलेजले कायम गर्ने र सबै आन्दोलनका कार्यक्रम विद्यार्थीले स्थगित गर्नेगरी सहमति भएको हो। सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै यहाँका विद्यार्थी एक महिनादेखि आन्दोलित थिए ।