नागरिकता पाउने विश्वकी पहिलो रोबोट-सोफिया

Hollywood Khabar October 28,2017 Comments

साउदी अरेबियाको रियादमा अक्टोवर २५, सोमबार प्रथम प्रतक सार्वजनिक गरिएको सोफिया नाम गरेकी रोबोट एक्कासी चर्चार्को शिखरमा पुगिन।
हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित सोफियाले सियादमा आयोजित लगानी संबन्धि सम्मेलनमा विश्वका सयौं प्रतिनिधिहरुको माझ साउदी अरेवीयाको नागरिकता समेत पाइन। सामाजिक संजालमा ब्यापक रुपमा सार्वजनिक चासो भएकी सोफियाले साउदी महिलाहरुभन्दा धेरै अधिकार पाएकी छन्। पहिलो पटक साउदीमा उनले बुर्का बिना नै सम्मेलनलाइ अंग्रेजीमा संबोधन गरिन। उनले भनिन्, म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।