-जर्जियाको सिनेट चुनाव, Pic from abcnews

जर्जियाको सिनेट चुनावले सिनेटमा कन्ट्रोल कसको रहने भन्ने चासो

Hollywood Khabar January 05,2021 Comments

अमेरिकाको राष्टपति निर्वाचन नोवेम्बर ३, २०२० मा सम्पन्न भयो। निर्वाचनबाट राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।पराजय भएका राष्ट्रपति डनल्ड ट्रम्पले आफूले हारेको स्वीकारेका छैनन।

यसै बीच १०० सिटको सिनेटमा ४८ सिट डेमोक्र्याटिक पार्टीको छ भने ५० सिट रिपब्लिकनहरुको छ। बाँकी २ सिट जर्जियाबाट थियो। आज जनवरी ५, २०२१ मा भएको सिनेटरहरुको निर्वाचन सबैको लागि आँखा बनेको छ।

हाल सम्म दुवै सिट डेमोक्र्याटहरुले लिड गरेका छन्। परिणाम आउन अझै थुप्रै समय लाग्ने बताइएको छ।यदि उक्त दुवै सिट डेमोक्र्याटले जिते भने सिनेट र हाउस दुवै उनीहरुको कन्ट्रोलमा रहन्छ। तर एक सिट मात्र रिपब्लिकनले नगे भने सिनेटमा रिपब्लिकनको कन्ट्रोल रहन्छ। भोट गणना जारि छ र हाल सम्म कम्पिटिशन।