साङ्केतिक तस्बिर:साभार वेब

चोरीका गहनासहित बाबुछोरा पक्राउ

Hollywood Khabar April 08,2020 Comments

२७ चैत्र कैलाली।कारागार नजिकै रहेको सुनचाँदी पसलबाट गएराति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले सो कुराको  जानकारी दिए ।

गुप्ताले घरको छतमा रहेको पानी ट्याङ्कीभित्र लुकाएका अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।सुनचाँदी पसलका सञ्चालक वर्माका अनुसार रु १० लाख जतिका गहना चोरी भएको छ।कारागार जाने बाटो चोकमा ठेला राखी फलफूल तथा तरकारी बिक्री गर्दै आएका निज पप्पुमाथि यसअघि पनि लागुऔषधसम्बन्धी सार्वजनिक अपराधमा मुद्दा चलेको बताइएको छ।यस्तै उपमहानगरपालिकाकै फूलबारीमा पाँच जनाको घरबाट पनि पानी तान्ने मोटर चोरी भएको बताइएको छ ।