चोर पक्रिने प्रहरी नै चोरीको आरोपमा पक्राउ

0
shares

by Soni Sharma | Updated: 13 May 2019

99 views
साङ्केतिक तस्बिर

३१ बैशाख काठमाडौं। प्रहरी जवान अमिर श्रेष्ठ सिक्री चोरेको आरोपमा निलम्बन परेका छन्। उनलाई केहि दिनअघि बौद्ध जोरपार्टीमा सडक मर्मतको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रर्दशनकारीको सिक्री चोरेको आरोप लागेको छ।

प्रहरीले जनाए अनुसार सडक प्रदर्शन भइरहेको बेला प्रहरी जवान श्रेष्ठले प्रर्दशनकारीको हराएको सिक्री लुकाएका थिए।उनले प्रदर्शनका क्रममा भुइँमा खसेको सिक्री लुकाएका थिए।

अहिले उनलाई प्रदर्शनकारीले देखेको आधारमा उनिमाथि निवेदन दिएको र प्रहरीले कारबाही अगाडि बढाएको छ।उनले भेटेको सिक्री दिनुको सट्टा लुकाएको प्रहरीले जनाएको छ।