पत्रकार महासंघ चितवन शाखाको अधिवेशन स्थगित

Hollywood Khabar February 26,2017 Comments

सदस्यता विवादका कारण नेपाल पत्रकार महासंघ चितवन शाखाको अधिवेशन स्थगित भएको छ। २८ फेब्रुअरी मंगलबारका लागि तय भएको अविधेशन तयारी नपुगेको र सदस्यताको टुंगो नलागेकाले स्थगित गरिएको नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो।

केन्द्रिय समितिबाट सदस्यको टुंगो नलागेको र चितवन शाखाले गर्नुपर्ने आवश्यक तयारी नपुगेका कारण अधिवेशन स्थगित गरिएको छ, महासंघद्धारा आज जारी गरिएको विज्ञप्तीमा भनिएको छ।

सदस्यता शुद्धिकरण र क्रियाशिललाई सदस्य दिनुपर्ने माग गर्दै प्रेस सेन्टर नेपाल र प्रेस युनिय चितवन लगायत संगठनले महासंघलाई केहीदिनअघि ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको थियो। सो विषयमा पटपटक छलफल हुँदा समेत कुनै निष्कर्ष नआएपछि महासंघले आज अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको हो।

चितवनमा प्रेस चौतारीले एकलौटी सदस्य हालेको भन्दै प्रेस यूनियन र प्रेस सेन्टर लगायतले विरोध गर्दै आएका छन। सिफारिस गरेका सदस्यहरु मध्ये केहीको मुख्य पेशा पत्रकारितामा नरहेकाले त्यसलाई हटाउनुुपर्ने, छुटेका क्रियाशिल पत्रकारहरुलाई समावेश गर्नुपर्ने माग ति संगठनको छ ।

यस्तै शुद्धिकरणमा ध्यान दिदै मुख्य पेशा पत्रकारिता नभएकाहरुको नविकरण गर्न नहुने र महासंघको केन्द्रिय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग उनीहरुको छ।