-खोरमा परेको चितुवा

काठको खोरमा पर्यो चितुवा!  

Hollywood Khabar November 29,2019 Comments

१५मंसिर, तनहुँ ।६ जना बालबालिका चितुवाले खाएपछि तनहुँमा स्थानीयले बनाएको काठको खोरमा आज पनि चितुवा परेको छ।भानु नगरपालिका वडा नं.३  कालिका सामुदायिकवन धरादीमा बनाएको काठको खोरमा चितुवा  दश/बाह्रबर्षको बयस्क चितुवापरेको परेको डिभिजन वन कार्यालय तनहुँका डिभिजनल प्रमुख केदार बरालले बताए।

यो संगै तनहुँमा स्थानीयले बनाएको काठको खोरमापर्ने चितुवाको संख्या ५ पुगेको छ। यसअघि भानु नगरपालिकाको वडा नं. २ र ३ मा राखिएको खोरमा परेका ४ वटा चितुवालाइ उद्दार गरि स्थानान्तरण गरिएको थियो।भानु नगरपालिकाको वडा नं. १, २, ३ मा चितुवा आतंक छ ।डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् भने ९ जना घाइते भएका थिए ।तेस्तै ५वटा चितुवा काठको खोरमा परेका छन् भने  ३ वटा चितुवा  मृत फेला परेका थिए।