-पेट फुटेको अवस्थामा मृत चितुवाको बच्चा

चितुवाको बच्चा पेट फुटेको अवस्थामा मृत फेला पर्यो 

Hollywood Khabar November 17,2019 Comments

२मंसिर,तनहुँ।तनहुँको व्यास नगरपालिकामा चितुवाको बच्चा पेट फुटेको अवस्थामा मृत फेला परेको छ।सोमबार बिहान नगरपालिकाको वडा नं. ७ साखुलीस्थित लोक कल्याणकारी सामुदायिक वनमा अन्दाजी २ वर्षको चितुवाको बच्चा मृत फेला परेको हो ।मृत चितुवाको मुचुल्का उठाइ डिभिजन वन कार्यालय, तनहुँको परिसरमा गाडिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षमा ६ बालबालिकाको मृत्यु भइसकेको छ ।