२६ कार्तिक तनहुँ।तनहुँमा चितुवाले बालबालिका खाएर हैरान पारेपछि चितुवा समात्न बनाइएको काठको खोरमा एउटा चितुवा खोरमा परेको छ।भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा मंगलबार बिहान एउटा चितुवा परेको डिभिजन वन कार्यालयका तनहुँका डिभिजनल प्रमुख केदार बरालले जानकारी दिए।तनहुँको भानु नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएपछि चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली समेत खटिएको छ।
चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ डा नरेश सुवेदी सहित् छ जनाको विज्ञ टोली परिचालित भएका छन् । उक्त टोलीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गर्ने जनाएको छ।गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा दुइवटा चितुवा परेका थिए।चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएपछि भानुका जंगलमा नौ वटा खोर निर्माण गरीएको डिभिजन वन कार्यालय तनहुँका डिभिजनल प्रमुख बरालले बताए।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु