-NRNA NCC USA:चित्रा कार्की के सीले बोर्ड सदस्य उम्मेद्धार

NRNA NCC USA:चित्रा कार्की के सीले बोर्ड सदस्यका लागि उम्मेद्धारी दर्ता गरिन

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा डिसी मेट्रो निवासी चित्रा कार्की के सी बोर्ड सदस्यका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

राजनीतिबाट आएकी चित्रा कार्की चित्रा के सीको नामले चिनिन्छिन। नेपाल बिधार्थी संघको राजनीतिबाट उदाएकी कार्की स्ववियूमा निर्वाचित, लुम्बिनी नेपाल महिला संघको लुम्बिनी अञ्चल संयोजक, नेपाली कांग्रेस अर्घाखाँची जिल्ला समिति सदस्य र २०१० मा नेपाली कांग्रेसको महासमिति सदस्य सम्म भएकी थिइन।

२००१ मा अमेरिका पुगेकी कार्कीको नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना पनि योगदान छ। उनी संस्थापक केन्द्रिय सदस्य पनि हुन्। बाल्टिमोरमा आफ्नो ब्यबसाय गर्दै आएकी कार्की बिभिन्न सामाजिक संघ-संस्थामा पनि संलग्न छिन।

२०१५ देखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य बनेकी कार्की राजनीतिबाट एकैपटक संघमा आकांक्षी भएकी हुन्। यसबारे हलिउडखबरले जिज्ञासा राख्दा कार्कीले आफू थुप्रै बर्ष राजनीतिमा रहेको, सामाजिक कार्यमा पनि सहभागी भएको अवस्थामा यो पटक भने फरक निर्णय गरेको बताइन। अब यो गैरआवासीय नेपाली संघ भनेको सबैको लागि हो राजनति भन्दा पनि माथिको सँस्था भएकोले आफ्नो आकांक्षी भएको बताइन।