चिनियाँ राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी काठमाण्डौंमा:सीको नेपाल भ्रमण करिब २० घन्टाको हुने

Hollywood Khabar October 11,2019 Comments

२५ असोज काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबारदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा अपरान्ह साढे ४ बजे नेपाल आई पुगेका छन्।राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा आएका राष्ट्रपति सी आज शनिबार साढे ४ बजे नेपाल आई आईतबार दिउसो स्वेदश फर्किने छन्।उनको भ्रमण कार्यतालिका अनुसार शनिबार साढे ४ बजे काठमाडौं आइपुग्ने र आइतबार साढे १२ बजे स्वदेश फर्कने छन्।

उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नेछन्।परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार सी सवार विमान शनिबार ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताईएको छ।

यस्तो छ सीको भ्रमण तालिका
चिनियाँ राष्ट्रपति सी भ्रमण तालिका अनुसार नै शनिबार बेलुकी ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्।त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा करिब ६:३० बजे भेटवार्ता गरेका छन्। सो अवसरमा दुई देशबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श र छलफल समेत भएको छ।करिब ७:३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागीता जनाउँदै शनिबारको कार्यक्रम सकिएको छ।

आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ।यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०:३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको छ।यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन्।राष्ट्र सी नेपाली समयअनुसार १२:३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२:३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।