-चिनिया राष्ट्रपतिको भ्रमण अबधिको लागि एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी

चिनिया राष्ट्रपतिको भ्रमण अबधिको लागि एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी

Hollywood Khabar October 11,2019 Comments

नेपाल रेडक्रस सोसाइटीले चीनका महामहिम राष्ट्रपति सी जिनपिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोध बमोजिम केन्द्रीय कार्यालय कालिमाटीमा यो विशेष व्यवस्था गरिएको हो। मेडिकल पर्सन, उपकरणहरु सहित २ वटा ख वर्गका एम्बुलेन्सहरुका साथै प्राथमिक उपचारक टोली राष्ट्रपतिको भ्रमणका २ दिन केन्द्रीय कार्यालयमा स्ट्याण्डबाई रहने नेपाल रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहराले बताउनुभयो ।

एम्बुलेन्स तथा प्राथमिक उपचार नेपाल रेडक्रसका नियमित गतिविधिहरु हुन् र उच्च स्तरीय भ्रमणको सिलसिलामा केन्द्रीय कार्यालयमा यो विशेष व्यवस्था गरिएको हो ।