-चीनको चिनहुवा महनगर र ललितपुर महानगरबीच सहकार्य हुने

चीनको चिनहुवा महनगर र ललितपुर महानगरबीच सहकार्य हुने

Hollywood Khabar August 01,2019 Comments

ललितपुर/१७ साउन

ललितपुर महानगरपालिका र चीनको Jinhua Municipal शैक्षिक, आर्थिक, सांस्कृतिक, व्यापारिक तथा प्राविधिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।

शुक्रवार ललितपुर महानगरपालिकामा चीनको Jinhua Municipal नेपालको ललितपुर महानगरपालिकाबीच भगिनीसम्बन्धका लागि आसय पत्रमा हस्ताक्षर भएसंगै उक्त सहमति भएको हो ।

उक्त आसय पत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चीनका The Standing Committee of Jinhua Municipal People Congress ChairmanMr. Huang Jin Chao ले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा उपस्थिति विदेशी पाहुनालाई नगरप्रमुख महर्जन र उपप्रमुख गीता सत्यालले खादा र टोपी लगाएर स्वागत गरेका थिए ।

नगरप्रमुख महर्जनले दुई सहरबीच कायम हुने भगिनी सम्बन्धले चीन र नेपालबीचको परापूर्वकालदेखिको सम्बन्धमा नयाँ आयाम थपिने बताए । नगरप्रमुख महर्जनले भने, ‘यो भगिनीसम्बन्धले दुई देशको सम्बन्धमा प्रगाढता आउने छ ।’ यो भगिनी सम्बन्धले एक आपसमा सिक्ने र सिकाउने सघाउने नगरप्रमुख महर्जनको दाबी छ । दुई देशका महानगरहरुबीचको भगिनी सम्बन्धबाट दिगो विकासका लक्ष्यका लागि निर्धारण गरिएका क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए ।

चीनको The Standing Committee of Jinhua Municipal People Congress Chairman Mr. Huang Jin Chao ले यो हस्ताक्षरपछि दुई महानगरबीचको सम्बन्ध कोशेढुंगा सावित हुने बताए। यसले दुबै देशका महानगरबासी नागरिकको जीवन सुखी हुने बताए। The Standing Committee of Jinhua Municipal People Congress Chairman Mr. Huang Jin Chao ले भने, दुबै सहरको समृद्धि र विकासका लागि यो सम्बन्ध अत्यन्तै महत्वपूर्ण छ।

ललितपुर प्राचीन र कलाको सहर भएको बताउँदै Chairman Mr. Chao ले भने, ललितपुरले हामीलाई ज्यादै आकर्षित गरे छ । अझ ललितपुरले धेरै पर्यटकलाई आकर्षित गरेको छ । यहाँ आउन पाउँदा मलाई आफ्नै घर आएको महसुश भएको छ ।

चीनको चिनख्वा महानगरपालिकाका आर्थिक रुपले शशक्त मानिन्छ।कृषि वनजन्य उत्पादन तथा प्रशोधन केन्द्र, मासु, डेरीजन्य पदार्थ,मौरी पालन, विद्युतीय उपकरण लगायतका उद्योगमा पनि यो महानगर अग्रणी रहेको छ ।

भगिनी सम्बन्ध कायम गर्न आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, वडा न ३ का अध्यक्ष श्रीगोपाल महर्जन, सूचना अधिकारी रुद्र गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, महानगरपालिकाका सल्लाहकार केदारभक्त श्रेष्ठ, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन लगायतको उपस्थिति थियो ।