नेपाली चलचित्र चि मुशी चि

नेपाली चलचित्र चि मुशी चि को अमेरिकामा पहिलो शो क्यालिफोर्नियाबाट

Hollywood Khabar December 04,2018 Comments

कृष्ण के सी/अमेरिका

नेपाली चलचित्रको बिकासमा हरेक सिनेमाले आ-आफ्नै बिशेषताका कुरा गर्छन। तिनको मुल्यांकन गर्नु धेरै ठूलो प्रोजेक्ट हो, त्यसैले अर्को कुनै पटक गरौंला।

तर आज कुरा गरौँ नेपाली सिनेमा चि मुशी चि भन्ने चलचित्रको। यो चलचित्र नेपालमा सफलतापूर्वक प्रदर्शन भैसकेको छ। धेरै नै कडा प्रतिस्पर्धाका बीच पनि धेरै हलहरुमा धेरै दिन चल्न सक्नुका पछाडी यो फिल्ममा केहि न केहि कारण त पक्कै कारण छ।

अब यो चलचित्र अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शनका लागि आएको छ। यसै शिलसिलामा सान फ्रान्सिस्को निवासी चलचित्रका प्रस्तुतकर्ताहरु अनिल पाण्डे र प्रिन्स युवराज कार्कीले सान फ्रान्सिस्को क्षेत्रमा सो गर्ने भएका छन्। यही डिसेम्बर ११, २०१८ साँझ ६ बजेबाट #AlbanyTwinTheatre at 1115 Solano Ave, Albany, CA मा फिल्म प्रदर्शन हुने भएको छ। अब फिल्मबारे थप कुरा भने फिल्म हेरेपछि नै समाचार लेखिनेछ।