साङ्केतिक चित्र

बालिका जबर्जस्ती करणी गर्ने दुई यूवा पक्राउ

Hollywood Khabar February 09,2019 Comments

२७ माघ भरतपुर।चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाहीका लागि तयारी भइरहेको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको बताइएको छ।