प्रधानसेनापति पूर्णचन्द्र थापा मकवानपुरमा

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा मकवानपुरमा निरीक्षण भ्रमण

Hollywood Khabar December 25,2018 Comments

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ पौष ११ गते हेटौँडास्थित मध्य पृतना हेड क्वाटर, चनवनस्थित नं. ७ बाहिनी अड्डा, सुनाचुरीस्थित सुनाचुरी इमल्सन प्लाण्ट र नं.१ जगदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हे.क्वा, बाहिनी अड्डा, प्लाण्ट र गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो। निरीक्षण भ्रमण सम्पन्न गरी उहाँ काठमाण्डौँ फिर्ता हुनु भएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।