लेखिका रत्न मिमोसा

छोरालाई बिन्ती

Hollywood Khabar February 04,2020 Comments

भित्र आउन देउ छोरा तिम्रै चरण छोएर ज्युछु
नदुख्नु तिमी कहिल्यै आफ्नै मुटु दुखाएर ज्युछु

सायद तिमीले भुल्यो होला तिम्रो कथा मेरो कथा
सम्झना छ मनभरी तरपनि अब लुकाएर ज्युछु

राम्रो लुगा तिमी लगाऊ मीठो पनि तिमी नै खाऊ
रुखो वचन नदिनु तब निस्तै पानी पिएर ज्युछु

देख्न नपरोस कसै त्यो मुहारमा रसाएका नयनहरु
आफ्नै कहानीहरुसगँ एक्लै एक्लै रोएर ज्युछु

तर सानू मरीगए भने बिन्ती मलामी चाहि गई दिनु है
बाचुन्जेललाई यो सिङ्गो छाती फुकाएर ज्युछु