साङ्केतिक तस्बिर ;साभार वेब

छोराले चिरपटले हान्दा बुवाको मृत्यु

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ अछाम।अछामको चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित सालगाउँका ५५ वर्षीय मिने ढोलीलाई छोरा प्रेमले हिर्काएर हत्या गरेका छन्।उनले बुवालाई दाउराको चिरपटले गर्धनमा हान्दा घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी निरीक्षक कलेन्द्रबिक्रम शाहीले जानकारी दिए ।

घरमा खाना खाने विषयमा आमा र छोराबीच झगडा हुँदा छुट्याउन गएका बुवामाथि २९ वर्षीय प्रेमले हिर्काएका थिए।प्रहरी निरीक्षक शाहीका अनुसार घटनामा संलग्न प्रेमलाई नियन्त्रणमा लिइसकेको छ भने मृतकको शव जिल्ला अस्पताल मंगलसेन ल्याएर पोष्टमार्टम गरिएको छ ।